साढे ९ प्रतिशत बोनस घोषणा गरेको पोखरा फाइनान्सको हकप्रद भोलिदेखि


आर्थिकन्यूज

काठमाडौं, पुस २९ । पोखरा फाइनान्स लिमिटेड (Pokhara Finance Ltd) को हकप्रद बिक्री पुस ३० गते आइतबारदेखि खुल्ला हुने भएको छ । कम्पनीले चुक्तापूँजीको १५ प्रतिशत अर्थात १०० रुपैयाँ अंकित मूल्यका ९ लाख ८३ हजार ६८२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनी (PFL) को शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको हकप्रदमा पुस १३ गतेसम्म कायम शेयरधनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १०० बराबर १५ कित्ताका दरले आवेदन दिन पाउनेछन् । हकप्रदमा पुस ३० गतेदेखि फागुन ११ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

इक्रा नेपालले पोखरा फाइनान्सको हकप्रदलाई ग्रेड फोर रेटिङ प्रदान गरेको छ । कम्पनीलाई प्रदान गरिएको उक्त रेटिङले कम्पनीको अवस्था औसतभन्दा तल रहेको संकेत गर्दछ । चालु आवको प्रथम त्रैमासमा फाइनान्स कम्पनीले एक करोड ४८ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कहाँबाट दिने आवेदन

पोखरा फाइनान्सको हकप्रदमा बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल, लाजिम्पाट काठमाडौं साथै शाखा कार्यालय लगनखेल ललितपुर, पोखरा फाइनान्सको न्य्ररोड पोखरा तथा सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायाणगढ, बुटवल र धनगढी साथै नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।

पोखरा फाइनान्सले नगद लाभांश र बोनस दिने

फेसबुकबाट तपाईको प्रतिक्रिया