राष्ट्र बैंक शनिबार पनि खुल्ला


आर्थिकन्यूज

काठमाडौं, पुस २९ । नेपाल राष्ट्र बैंक लगायत आन्तारिक राजश्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, भन्सार कार्यालयहरु, राजस्व संकलन गर्ने सबै कार्यालय साथै क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस शनिबार पनि खुल्ला हुने भएका छन् ।

Eco Roofing

अर्थमन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, नेपाल राष्ट्र बैंक र राजस्व संकलन गर्ने सम्पूर्ण बैंकका प्रतिनिधिबीच भएको छलफलको निर्णय अनुसार आज पुस २९ गतेदेखि नै लागू हुने गरी गत बुधबार नै राष्ट्र बैंकले निर्देशन दिएको थियो । राष्ट्र बैंकका अनुसार, यो निर्णय आजैबाट कार्यान्वयन हुँदैछ ।

त्यस्तै वर्षभरी नै असोज, पुस, चैत र असार महिनाको अन्तिम हप्ता २५ गते र सो पछि मसान्तसम्म शनिबार लगायत जुनसुकै सार्वजानिक बिदा परेमा पनि राजश्व संकलन गर्ने आन्तारिक राजस्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, भन्सार कार्यालयहरु, नेपाल राष्ट्र बैंक लगायत सम्पूर्ण बैंकहरु, राजस्व बापत प्राप्त हुने चेक क्लियरिङ गर्ने प्रयोजनका लागि अन्य बैंक तथा नेपाल क्लियरिङ हाउस पूर्णरुपमा खुल्ला गर्नुपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया