मिथिला लघुवित्तको साधारणसभा, पारित हुँदै बोनस पछि ५० प्रतिशत हकप्रद


आर्थिकन्यूज
साधारणसभा

काठमाडौं, पुस २९ । मिथिला लघुवित्त विकास बैंक (Mithila Laghubitta Bikas Bank Ltd.) को नवौं वार्षिक साधारणसभा होटल वेलकम सभाहल जनकपुरमा बस्दैछ । पुस २९ गते विहान ११ बजे बस्ने सभाले गत आर्थिक वर्षको मुनाफाबाट दिने सञ्चालक समितिको लाभांश प्रस्ताव पारित गर्नेछ ।

Eco Roofing

लघुवित्तले गत आर्थिक वर्षमा कमाएको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । त्यस्तै सभामा बोनसपछि कायम हुने चुक्ता पुँजी ६ करोड ५९ लाख ७७ हजार ९३८ रुपैयाँको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत लगिने कम्पनीले जनाएको छ ।

त्यस्तै उक्त सभाले संस्थाको नाम संशोधन र सञ्चालक समितिको निर्वाचन समेत गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया