पतिबाट धोका पाएपछि सफल व्यवसायी


आर्थिकन्यूज

काठमाडौं, पुस २९ । भारतको कोलकाताको एउटा शिक्षक परिवारमा जन्मिएकी सुदेश्ना बेनर्जी गृहिणीबाट सफल व्यवसायीका रूपमा स्थापित भएकी ‘रोल मोडल’ हुन् ।

कलेज तहको पढाई पूरा गरेपछि सुदेश्नाले प्रेम विवाह गरेकी थिइन् । विवाह गर्दासम्म उनी सामान्य गृहणीका रूपमा मात्रै थिइन । तर, सुदेश्नालाई विवाहपछि आफ्नो पतिको कयौं महिलासँग अफयेयर छ । उनकै एक साथीसँग पनि अवैध सम्बन्धबाट बच्चा पनि रहेको थाहा पाउँदा उनलाई छाँगाबाट खसेजस्तै भइन् । आफूले प्रेम विवाह गरेका पतिबाट धोका पाएपछि सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगिन् ।

सम्बन्ध विच्छेदपछि सुदेश्नाको संघर्षका दिन शुरू भए । आफ्नो जीविका चलाउनका लागि उनले स्थानीय एक विद्यालयमा पढाउन थालिन् सँगसँगै साथीको कम्पनीमा कम्युटर सिकाउने पार्ट टाइम जब पनि गर्न थालिन् । विस्तारै रकम बचत गर्न थालिन पछि आफ्नो गरगहनासमेत बेचेर उक्त कम्पनीमा शेयर होल्डरसमेत भइन् । सम्बन्ध विच्छेदपछि सुदेश्नालाई घरको आवश्यकता थियो । धेरै मेहनत गरेर उनले घर बनाइन ।

आफ्नो विगत सम्झिदै सुदेश्ना भन्छिन्–‘एउटी एकल महिलालाई समाजमा स्थापित हुन धेरै गाह्रो थियो, एक्लै बस्ने महिला भनेपछि कसैले कोठा भाडामा समेत दिँदैन थिए । मेरो स्कलमा १० हजार तलब थियो, त्यो रकम महिनाको अन्त्यसम्ममा अलिकति नै बच्दैन थियो । तर, मैले हार मानिन जति दुःख परे पनि कसैको अगाडि हात फैलाउन भने गइन ।’

उनले अगाडि भन्छिन्–‘गहनाको आवश्यकता त्यो समयमा हुन्छ । जुन बेला महिलाले संकटको सामना गर्नुपर्छ, हाम्रो कम्पनीको मुख्य उद्देश्य कम्प्युटरका विभिन्न पार्टस् बनाउने र कम्प्युटरको प्रविधिक पक्षमा तालिम दिने रहेको थियो । कम्पनीलाई धेरै समय दिनुपर्ने भएपछि मैले पढाउन पनि छोडिदिएँ । यसबीचमा हामीलाई अवसर आयो, हाम्रो कम्पनीमा ट्रेनिङ लिएर गएका केही व्यक्तिले हाम्रो हार्ड कपिबाट सफ्ट कपिे निर्माण गर्ने भनेपछि हामी डिजाइनको क्षेत्रमा प्रवेश गर्यौ ।’

इन्जिनियरिङको सामान्य जानकारीसमेत नभए पनि सुदेश्नाले विस्तरै सिक्दै गइन । मेहनत गर्दै गइन् । सन् २००८ मा रायपुरमा तालिमको शिलशिलामा पुगिन् त्यहाँ उनले एक कम्पनीको लागि ‘डिटेल इन्जिनियरिङ प्रोजेक्ट’ तयार गर्ने काम पाइन् । त्यो उनको जिन्दगीमा टर्निङ प्वाइन्ट हुन पुग्यो । डिटेल इन्जिनियरिङ प्रोजेक्टको काम पाएपछि सुदेश्नाले बढो मेहनतका साथ त्यसलाई सफल बनाउन लागिन् । त्यो काम पूरा भएपछि सुदेश्नालाई ठूला–ठूला कम्पनीबाट तालिम, गोष्ठीका निम्ति प्रस्ताव आउँदै गए ।

सुदेश्नाको यात्रा त्यहीँ मात्र रोकिइएन, उनको कम्पनीको विस्तार विदेशसम्म भयो । अस्ट्रेलिया, दुबईलगायतका ठाउँबाट उनले काम पाउन थालिन् । अहिले उनलाई काम भ्याई नभ्याई छ । उनी आफ्नो कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् । कुनै बेला १० हजार रुपैयाँले महिना दिन गुर्जाने सुदेश्नाको कम्पनी नाफा अहिले वार्षिक ६० करोड रुपैयाँको रहेको छ । (समाचार एजेन्सीहरूको सहयोगमा)

फेसबुकबाट तपाईको प्रतिक्रिया