हिमालयन बैंकको बोनस शेयर पारित


आर्थिकन्यूज
हिमालयन बैंकको बोनस शेयर पारित

काठमाडौं, पुस २८ । हिमालयन बैंक लिमिटेड (Himalayan Bank Limited) को लाभांश पारित भएको छ । बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयर र करप्रयोजनको लागि १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव बैंकको पच्चीसौं वार्षिक साधारणसभाले पारित गरेको हो ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष मनोजबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७३÷७४ को प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा अध्यक्ष श्रेष्ठले ग्राहकवर्गले बैंक प्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको र आगामी माघ ४ गते सफलतापूर्वक २५ वर्ष पूरा गर्ने जानकारी दिएका थिए ।

श्रेष्ठले बैंकले आर्थिक वर्ष २०७३/७४ अन्त्य सम्म ९२ अर्व ८८ करोड रुपैयाँ निक्षेप संकलन र ७७ अर्व ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया