प्रधानन्यायाधीशविरुद्ध चार वरिष्ठ न्यायाधीशको गम्भीर आरोप


आर्थिकन्यूज

पुस २८ । भारतको सर्वोच्च अदालतका चार वरिष्ठ न्यायाधीशले गम्भीर आरोप लगाउँदै पत्रकार सम्मेलन गरेका छन् ।

भारतीय न्यायालय इतिहासमा सम्भवत पहिलो पटक प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशले विरोध गर्दै पत्रकार सम्मेलन गरेका हुन् ।

नयाँ दिल्लीमा पत्रकार सम्मेलन गर्दै न्यायाधीशहरू जे चलामेशेरम, रञ्जन गोगोई, मदन लोकुर र कुरियन जोसेफले सर्वोच्च अदालतमा न्यायप्रशासन सही तरिकाले नचलेको आरोप लगाएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । उनीहरुले भनेका छन् ‘भोलिका दिनमा हामीलाई आत्मा बेचेको आरोप नलागोस् भनेर यो पत्रकार सम्मेलन गरेका हौं ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया