३८ वर्षपछि सहिद घोषणा


आर्थिकन्यूज

काठमाडौं, पुस २८ । पचायतकालमा छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सरकारले सहिद घोषणा गर्न निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले २०३६ सालमा धनकुटाको छिन्ताङमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको हो ।

२०३६ कार्तिक २७ गते धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण नियन्त्रण गर्न भन्दै सरकारले १६ जनाको गोली हानी हत्या गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा गोली चलाएको आरोप वामपन्थीहरूले लगाउँदै आएका बेला ३८ वर्षपछि सरकारले मृतकहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया