आर्थिक विकास अवको प्राथमिकतामाः नेम्वाङ


आर्थिकन्यूज
आर्थिक विकास अवको प्राथमिकतामाः नेम्वाङ

काठमाडौं, पुस २८ । राजनीतिक तथा आर्थिक क्षेत्रका विज्ञहरुले अव मुलुकको आर्थिक विकासको पालो आएको वताएका छन् । मुलुकका ब्याप्त राजनीतिक तरलताकाकारण मुलुकमा लामो समयसम्म आर्थिक विकास ओझेलमा परेको भन्दै उनीहरुले अव आथिर्क विकस नै पहिलोप्रथामिकतामा रहेको वताएका हुन् ।

संविधानसभाका अध्यक्ष, पुर्व सभामुख तथा एमाले नेता सुभाष नेम्वाङले अव आर्थिक विकासको एजजेण्डालाई प्राथमिकताकासाथ अगागि बढाउनुपर्ने वताए । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतिनिधि सभा निर्वचनमा निर्वाचित भएका महासंघका सल्लाहकारहरुको सम्मानमा आयोजना गरेको कार्यक्रममा नेम्वाङले आफुहरु प्रतिनिधीसभामा निर्वाचित भएपनि अझै कानूनीरुपमा प्रतिनिधीकोहैसियत प्राप्त गरिनसकेको वताए । नयाँ सरकार गठनपछि मुलुकको अािर्थक मुद्धालाई प्राथमिकताकासाथ अगाडि बढाउने उद्घोष उनले गरे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका सल्लाहकारहरु प्रतिनिधि सभा निर्वाचनबाट इलाम क्षेत्र नम्वर २ वाट पुर्व सभामुख सुभाषचन्द्र नेम्वाङ, काठमाण्डौं क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, रुपन्देही क्षेत्र नं १ बाट एमालेका स्थायी कमिटि सदस्य एवं पूर्व कृषी मन्त्री छविलाल विश्वकर्मा र काठमाण्डौं क्षेत्र नं ९ बाट एमालेका नेता कृष्ण गोपाल श्रेष्ठ विजयी भएका छन् ।

सम्मान कार्यक्रममा महासंघका अध्यक्ष मोहन कुमारसुनारले महासंघका विभिन्न गतिविधीको बारेमा प्रकाश पार्दै सुनचाँद िव्यवसायिहरुले भोग्नुपरेका समस्याको बारेमा अवगल गराएका थिए ।

महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी व्यवसाय, यसले राज्यलाई कर मार्फत पु¥याएको योगदान ररोजगारी सृजनामा पु¥याएको योगदानको बारेमा जानकारी गराए ।

महासंघका महासचिव धर्मशुन्दर बज्राचार्यले कार्यक्रम सञ्चालन गर्दै महासंघका विभिन्न पक्षबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा पुर्व सभामुख नेम्वाङले व्यसायीको हक अधिकारको रक्षाकालागि आफूहरु जस्तो सुकै सहयोगगर्नपनि तयार रहेको वताए ।
त्यसक्रममा महासंघका बिशिष्ट सदस्य तेजरत्न शाक्य, निवर्तमान अध्यक्ष मणिरत्न शाक्य, उपाध्यक्षहरु अर्जुन रसाइली, मोहन काजी शाक्य, दियसरत्न शाक्यतथा कोषध्यष महेन्द्ररत्न शाक्य र सहकोषध्यक्ष किसन मास्के लगायत महासंघका विभिन्न पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

हाल अन्य विभिन्न कानूनहरुसंगसंगै सुनचाँदी व्यवसायीका लागि आवश्यक कानूनहरु निर्माणको क्रममा रहेका छन् । सुनचाँदी व्यवसायीलाई सम्बोधन गर्ने विषयवस्तु देशको प्रमुख कानून देवानीसंहितामा सुनचाँदी व्यवसायीहरुले भोग्दै आइरहेका चोरीको समस्या समावेश भएको छ । लामो समयदेखी थाति रहेको सुनचाँदी निर्दे््िशका पनि जारी हुने क्रममा रहेको छ । सुनचाँदी सम्बन्धी विभिन्न व्यवस्थाहरु निर्माणको क्रममा रहिरहेको बेला सुनचाँदी व्यवसायीका सल्लाहकारहरु प्रतिनिधि सभामा पुग्नु ले अव सुनचाँदीको गरगहना निमार्णका लागि आवश्यक ऐन कानूनको निमार्ण भएर निर्वाध रुपमा सुनचाँदी गहना व्यवसायको संचालन गर्न सकिने अवस्था आउन सक्नेमा सुनचाँदी व्यवसायीहरु आशावादी रहेका छन् ।

यस अवस्था सहि मूल्यांकन गरेर महासंघले सुनचाँदी व्यवसायीहरुका लागि आवश्यक पर्ने नीति नियमका विषयमा सल्लाहकारहरुसंग अन्तरक्रिया गरि संसदसम्म सहजरुपमा पुर्याएर आवश्यक ऐन निर्माण गर्न पहल गर्नुपर्ने आवश्यकता छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया