यसकारण बढ्यो सिमेन्टको भाउ


आर्थिकन्यूज

काठमाडौं, पुस २८ । सिमेन्टको मूल्य कृतिम रुपले बढाएको आरोप सिमेन्ट व्यवसायीले खेपेका बेला सिमेन्टको उत्पादन नै महँगो भएकोले भाउ बढेको नेपाल सिमेन्ट उत्पादक संघले बताएको छ ।

संघले भारतमा क्लिंकरको मूल्य अत्याधिक रुपमा बढेको साथै भारतीय रेल्वेबाट रक्सौल भै आयात हुने क्लिंकरको भाडामा समेत १५ प्रतिशतले वृद्धि भएका कारण सिमेन्टको मूल्य बढेको बताएको छ । त्यस्तै कलकत्ताबाट सिमेन्ट ल्याउँदा पनि ढुवानी लागत बढी लाग्ने, डिजेलको मूल्यमा भएको वृद्धिले पनि सिमेन्टको मूल्य केही बढी पर्न गएको संघले उल्लेख गरेको छ ।

शुक्रबार प्रेस विज्ञप्ती नै प्रकाशन गरेको संघले विभिन्ने नौ बुँदामा मूल्य बढ्नुको कारण प्रस्ट्याएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया