सूर्या लाइफ इन्स्योरेन्स हकप्रद निष्कासन अनुमति माग्न पुग्यो बोर्ड


आर्थिकन्यूज
सूर्या लाईफ

काठमाडौं, पुस २८ । सूर्या लाइफ इन्स्योरेन्स (Surya Life Insurance Company Limited) ले लगानीकर्तालाई ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

Eco Roofing

इन्स्योरेन्सले १० बराबर ४ अनुपातमा २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति मागेको हो । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया