यी हुन् बलिउडमा सर्वाधिक पारिश्रमिक लिने ५ नायक


आर्थिकन्यूज

बलिउड फिल्म उद्योगमा केही स्टार कलाकारहरु छन् जसले लामो समयदेखि बलिउड फिल्म उद्योगमा योगदान पुर्याएका छन् । धेरै फ्यानहरुले केही नायकहरुलाई खुबै रुचाएका छन् । ती रुचाइएका कलाकारहरुले एउटा फिल्म खेलेको कति पारिश्रमिक लिन्छन् त !

Eco Roofing

सलमान खान

बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकार हुन् सलमान खान । सलमानले फिल्मको कमाइबाट केही हिस्सा पनि लिने गर्छन् । उनी आफूले अभिनय गर्ने फिल्ममा ७० देखि ८५ प्रतिशतसम्म हिस्सा लिन्छन् । ‘सुल्तान’बाट उनले सय करोडभन्दा धेरै कमाएका थिए । कुनै फिल्ममा केवल पारिश्रमिकका लागि मात्रै लिए भने ६० करोड रुपैयाँभन्दा बढीमा सम्झौता गर्छन् ।

शाहरुख खान

शाहरुख खानले करण जौहर या आदित्य चोपडाको फिल्म गर्दा उनी पारिश्रमिकमा बार्गेनिङ गर्दैनन् । जति दियो उति नै लिन्थे । तर, अन्य फिल्ममा भने शाहरुख ४० देखि ४५ करोड रुपैयाँसम्म लिन्छन् । शाहरुख फिल्मको मुनाफाको हिस्सा लिन रुचाउँछन् । आफ्नो फिल्मको मार्केटिङ गरेबापत पनि उनी करोडौँ रुपैयाँ कमाउँछन् । कैयौँ फिल्ममा उनले सय करोडभन्दा बढी कमाएका छन् ।

आमिर खान

आमिर खानले बलिउडमा ५० देखि ६० करोड रुपैयाँसम्म पारिश्रमिक लिन सक्छन् । तर, उनी पारिश्रमिकभन्दा फिल्मको मुनाफाबाट बढी कमाउँछन् । फिल्म बनाउँदा उनी प्रायः ८० प्रतिशतसम्म हिस्सा लिन्छन् ।

अक्षयकुमार

पारिश्रमिक लिने सवालमा अक्षयकुमार सबैभन्दा अगाडि छन् । उनी ४० देखि ५० करोड रुपैयाँसम्म लिन्छन् । कुनै–कुनै फिल्ममा नाफाको हिस्सा लिने गरी सम्झौता पनि गर्छन् । ‘जोली एलएलबी २’ मा उनले पारिश्रमिकबाहेक मुनाफा हिस्सा पनि लिएका थिए । यो फिल्मबाट उनले कुल ५५ करोड रुपैयाँ कमाइ गरेका थिए ।

अजय देवगन

अजय देवगन फिल्मको बजेटअनुसार आफ्नो पारिश्रमिक कम या बढी लिने अभिनेतामा पर्छन् । तर, कम्तीमा ३० करोड उनले लिएकै हुन्छन् । ३० देखि ४० करोड रुपैयाँ उनको औसत रेट हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया