ऋणमा डुबेका व्यवसायीप्रति कस्तो व्यवहार हुन्छ ? अनिल अम्बानीबाट सिक्नुहोस्


आर्थिकन्यूज

काठमाडौं, पुस २७ । जब कुनै प्रतिष्ठित व्यापारी ऋणमा चुर्लुम्म डुब्छ, त्यसपछि उक्त व्यक्तिमाथि जीवनका अनेकौं अप्ठ्यारोको सामना गर्न बाध्य हुन्छ । कारोबार, घरपरिवारमा धेरै अप्ठ्यारोको सामना गर्नुपर्ने हुन्छ । भारतमा धनाढ्यहरू अग्रपंक्ति आउने रिलायन्स ग्रुपका अध्यक्ष अनिल अम्बानीले एक अन्तर्वार्तामा जब एक व्यापारी ऋणमा डुब्छ, तब उसको साथमा अरुले गर्ने व्यवहार कस्तो हुन्छ भन्ने विषयमा बताएका छन् ।

सन् २०१७ अम्बानीका लागि समस्याको वर्ष

४५ हजार करोड रुपैयाँ ऋणमा डुबेको रिलायन्स कम्युनिकेसन र टुजीको मुद्दा अदालतमा चल्दै गर्दा अनिल अम्बानीले सन् २०१७ मा थुप्रै अप्ठाराको सामना गर्नु पर्याे । उक्त वर्ष उनले आफ्नो जीवनको सबैभन्दा नराम्रा दिनको सामना गर्नु प¥यो । अनिलले इकोनोमिक टाइम्सलाई दिएको एक अन्तर्वार्तामा उक्त कुरा उल्लेख छ ।

साथीहरुले फोन उठाउन  छोडे

अम्बानीका अनुसार सन् २०१७ मा यस्तो पनि समय आयो जब उनका नजिकका साथीहरुले समेत उनको फोन उठाउन बन्द छोडे । कठिन समयमा मानिस उनीबाट टाढै रहन ठिक सम्झिए । सन् २०१७ मा टुजीको मुद्दामा फसेपछि उनको नराम्रा दिन शुरु भएको हो । अनिलका अनुसार त्यो कठिन समयमा उनको साथ केही व्यक्तिले मात्र दिए, ती दिनमा मानिसले न त उनको फोन उठाए, न त फोन नै गरे । केही मानिस त उनको साथमा नदेखिन निकै सर्तक भएका थिए ।
अनिल भन्छन्–‘समयले नै बताउँदो रहेछ खराब समयमा को आफ्नो असल मित्र हो ? यस्तै समयमा थाहा हुन्छ को–को व्यक्ति तपाईंसँग टाढै बस्न रुचाउँछन् ।’

बुबाबाट राम्रो साथ मिल्यो

अनिलका अनुसार खराब समयमा उनले आफ्ना पिता धीरुभाई अम्बानीबाट भने धेरै हौसला पाए ।समस्याबाट आत्तिनुभन्दा पनि साहस र आत्मविश्वासले अगाडि बढ्न अगाडि बढ्नुपर्छ । फलाम आगोमा बेला–बेला ततायो झन् मजबुत बनेजस्तै हामी पनि खराब समयलाई चिर्दै झन् सक्षम बन्न सिक्नुपर्छ ।’ बुवाको यिनै उपदेशले अनिललाई आत्मविश्वास जगाएको र समस्यासँग जुध्न मद्दत गरेको थियो ।

ऋणमा डुबेका अनिल

सन् २०१७ मा अम्बानीलाई बारम्बार टुजी मुद्दामा सीबीआईले सोधपुछमा गर्याे । उनले आफ्नै दाजु मुकेश अम्बानीको रिलायन्स जियोसँग ऋण सम्झौता गरेका थिए । यसै सिलसिलामा उनले आफ्नो वायरलेस विजनेसलाई २४ हजार करोडमा मुकेश अम्बानीको रिलायन्स जियोलाई बेच्नु पर्याे । २४ हजार करोडको ऋणबाट बच्न उनले यो कदम चाल्नु परेको हो ।

अब खराब समय सकिँदै

सन् २०१७ अनिल अम्बानीको मोबाइल विजनेस रिलायन्स कम्युनिकेसन निकै खराब समयबाट गुज्रियो । अहिले आफ्नो खराब समय सकिएको अनिलको भनाइ छ । बिस्तारै उनी फेरि आफ्नो व्यवसायमा माथि उठ्दै छन् । अनिल भन्छन्–‘रातपछि विहान अवश्य हुन्छ,’ उनका अनुसार अब उनी रिलायन्स गु्रपलाई फेरि सक्षम बनाएर खडा गर्ने तयारीमा छन् । (एजेन्सीहरूको सहयोगमा)

फेसबुकबाट तपाईको प्रतिक्रिया