एलजी टिभी एक्स्चेन्ज अफर


आर्थिकन्यूज

काठमाडौं, पुस २७ । सिजी इलेक्ट्रोनिक्सले एलजी टिभी एक्स्चेन्ज अफर ल्याएको छ । यस अफरअन्तर्गत कुनै पनि ब्रान्डको टिभी कुनै पनि अवस्थामा ल्याएर पाउन एलजी टिभी एक्स्चेन्ज गर्न सकिने छ ।

एलजी टिभी एक्स्चेन्ज अफरमा २२ हजार ९९० रुपैयाँसम्मको छुट रहेको कम्पनीले जनाएको छ । साथै एलजी टिभी एक्स्चेन्ज अफरमा २ वर्षको वारेन्टी पनि कम्पनीले दिने जनाएको छ । यो अफर सीमित अवधिभर सीमित मोडेलमा नेपालभर लागू गरिएको कम्पनीको भनाइ छ । नेपालका लागि एलजी ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गतको सिजी इम्पेक्स प्रालि हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया