सनराइज बैंकको शाखा सानेपामा


आर्थिकन्यूज

काठमाडौं, पुस २६ । सनराइज बैंक लिमिटेडले ललितपुरको सानेपामा शाखा स्थापना गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

सो समारोहमा बैंकका संचालकहरु डा. भोगेन्द्र गुरागाँई, ई. बच्छराज तातेड, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, बैंकका उच्च पदाधिकारीहरु लगायत स्थानीय सर्वसाधारण तथा ग्राहक वर्गको उपस्थिति रहेको थियो ।

यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पुर्याउने विश्वास लिनुका साथै सानेपाबासीहरुलार्ई सुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देथ्य लिएको छ । हाल बैंकले नेपाल अधिराज्यभर ७२ वटा शाखा, ९१ वटा एटिएम, ३ वटा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा १८ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया