ओपोको एसियाली बजारमा १५ प्रतिशत बजार हिस्सा


आर्थिकन्यूज

काठमाडौं, पुस २६ । ओपोले एसियाली बजारमा १५ प्रतिशत बजार हिस्सा ओगट्दै शीर्ष स्थान हात पार्न सफल भएको कम्पनीको दाबी छ । ओपोलाई पछ्याउदैं १३ प्रतिशत बजार हिस्सासहित भिभो दोस्रो स्थानमा रहेको छ भने १२ प्रतिशत बजार हिस्सासहित सियाओमी र सामसुङ तेस्रो स्थानमा रहेका छन् ।

त्यसैगरी ११ प्रतिशत बजार हिस्सा सहित हुआवे भने चौथौ स्थानमा रहेको छ । प्राविधिक मार्केट रिचर्स फर्म काउन्टरपोइन्टले आफ्नो नया“ प्रतिवेदनमा उल्लेख गरेको कम्पनीले जनाएको छ ।

‘एसिया हाम्रो लागि एक प्रमुख बजारका रुपमा रह“दै आएको छ । हामीले उपभोक्ताको माग तथा आवश्यकताको आफ्ना उत्पादनका माध्यमबाट सम्बोधन गर्न सफल भएको हाम्रो विश्वास छ ।’ एक विज्ञप्ति जारी गर्दै ओपोले जानकारी दिएको छ , ‘ढुवानीका आधारमा उत्कृष्ट ३ ब्रान्डभित्र पर्न सफल हुनु हाम्रा लागि वास्तवमै गौरवको विषय हो । समयसापेक्ष रुपमा उपभोक्ताको माग र आवश्यकतालाई दृष्टिगत गर्दै बहुउपयोगी उत्पादन उपलब्ध गराउ“दै लैजानु हाम्रो प्रमुख प्राथमिकता हुनेछ ।’

उच्च गुणस्तरीय उत्पादनका साथै उपभोक्ताका मागलाई विशेष प्राथमिकताको विषयका रुपमा सम्बोधन गर्नु ओपोको सफलताको प्रमुख कारक हो । उपभोक्तालाई अझ सुदृढ तथा विशेष अनुभव प्रदान गर्ने सोचका साथ ओपोले एसियाका अधिकांश भागमा आफ्नो बिक्री तथा सेवा केन्द्रको सञ्जाल व्यापक रुपमा विस्तार गरिरहेको छ । मनोरञ्जन, खेल, सामाजिक सञ्जाललगायत माध्यमबाट युवा वर्गलक्षित सफल मार्केटिङ क्याम्पेन सञ्चालनले पनि यसमा उल्लेख्य भूमिका निर्वाह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया