शेयर बजारमा चलखेल गर्दा भएको दुष्परिणाम (भाग–१)


सन्दिल श्रेष्ठ

काठमाडौं, पुस २५ । भारतीय स्टक मार्केटमा कुनै नराम्रो घटना भयो भने हर्षद मेहता स्क्यामको चर्चा हुने गरेको छ । यसलाई सेकुरिटी स्क्याम पनि भन्ने गरिन्छ । सन् १९५४ जुलाई २९ जन्मेका हर्षद मेहताको पूरा नाम हर्षद शान्तलाल मेहता हो ।

उनको पिता एक अफिसमा पिउनका रुपमा काम गर्थे । उनको परिवारले गरिबीमा जीविका चलाउनु पथ्र्याे । जब हर्षद मेहता मुम्बई आए उनको खल्तीमा जम्मा ४० रुपैयाँ थियो । तर, केही वर्षको अन्तरालमा उनै हर्षद मेहता स्टक मार्केटको सबैभन्दा शक्तिशाली तथा प्रभावकारी ब्रोकर बन्न पुगेका थिए ।

उनी निकै सुविधा सम्पन्न गाडीमा सवारी गर्थे कि त्यस बेला धनाढ्य मानिने पनि हर्षद मेहताको अगाडि सानो देखिन्थे तर पछि उनले कमाएको सम्पत्ति गलत तरिकाले कमाएको सार्वजनिक भयो । मुम्बई आउँदा ४० रुपैयाँ मात्र रहेका व्यक्तिको वार्षिक आम्दानी ८ विलयन डलर पुगेको थियो । हर्षद मेहताले आफ्नो बीकमको शिक्षा मुम्बईको लाल लाजपात राइ कलेजबाट पूरा गरेपछि केही वर्षसम्म विभिन्न कम्पनी काम गरे ।

त्यस क्रममा उनलाई स्टक मार्केटप्रति रुची हुन थाल्यो भने उनले पछि काम छोडेर बी अम्बाला नामक ब्रोकर कहाँ काम गर्न थाले । त्यसपछि जेएल साह तथा नन्दलाल सेठको ब्रोकर कहाँ काम गर्न शुरु गरे ।

सन् १९८४ मा उनले भाईसँग मिलेर ग्रोमर रिसर्च तथा एसेट म्यानेजमेन्ट नामक कम्पनीको शुरुवात गरे पनि बीएससीको ब्रोकेर बनेर काम गर्न थाले । हर्षद मेहताको स्क्याममा आरएफडी (रेडी फरवार्ड डिल) को उपयोग गरेको थियो ।

सामान्यतया सरकार आफ्नो परियोजनाको खर्चको व्यवस्थापन गर्नको लागि सेकुरिटिज जारी गर्ने गर्छ जसलाई गर्भमेन्ट सेकुरिटिज भन्ने गरिन्छ, सरकारी ऋणपत्रजस्तै । यसको खालको ऋणपत्र खर्च उठाउनको लागि प्रयोग गर्ने गरिन्छ । त्यसको बदलामा सरकारले लगानीकर्तालाई ब्याज दिन्छ । कुनै पनि सरकारी ऋणपत्र जारी गर्दा बैंक तथा वित्तीय संस्थाको अनिवार्य रुपमा केही न केही ऋणपत्र किनुपर्ने बाध्यकारी नियम बनाएको थियो ।

बैंकलाई पैसाको चाहेको अवस्थामा त्यही सरकारी ऋणपत्र अर्को बैंकलाई बेचेर अल्पकालीन कर्जा लिने गर्थे। केही दिनपछि ब्याजसहितको साँवा तिरेर सकारी ऋणपत्र फिर्ता लिने गर्थे । सामान्य भाषामा भन्नुपर्दा कसैलाई चाहिएको अवस्थामा आफूसंँग भएको गरगहना धितोमा राखेर पैसा निकाल्ने र पछि ब्याजदरसहित साँवा फिर्ता गरेर गरगहना फिर्ता लिएजस्तै हो ।

त्यस्तै, आरएफडी अर्थात् रेडी फरवार्ड डिलमा एक बैंकले अर्को बैंकसंँग सरकारी ऋणपत्रलाई धितो राखेर अल्पकालको लागि पैसा ऋण दिले गर्थे । त्यस समयमा वित्तीय क्षेत्रमा अल्पकालीन अवस्थाको लागि पैसा जोहो गर्न वित्तीय औजार रुपमा विकास भएको थियो । त्यसबेला ब्रोकरहरु बैंकको लागि विचौलियाको पनि काम गर्ने गर्थे । हर्षद मेहता पनि ब्रोकरको रुपमा बैंकहरुको सेकुरिटिजको डिल मिलाउने काममा सक्रिय थिए । त्यति बेला निकै चलनचल्तीको आरएफडी अर्थात् रेडी फरवार्ड डिल प्रकियामा केही कमजोरी थिए । उक्त कमजोरीको बारेमा हर्षद मेहतालाई राम्रो ज्ञान थियो । जुन कुरा उनले आफ्नो निजी फाइदाको लागि प्रयोग गरे ।

कुनै एक बैंकलाई सरकारी सेकुरिटिज बिक्री गर्न परेको खण्डमा ब्रोकरलाई सम्पर्क गर्थे भने केही समयको मागसहित ब्रोकर खरिद गरीे अर्को बैंक खोज्ने गर्थे । यस्तै प्रक्रियाले त्यसबेला धेरै बैकको कारोबारमा संलग्न थिए । यस कमजोरीलाई फाइदा उठाउदै हर्षदले बैंकसंँग लिएको सेकुरिटिज र अर्को बैंक जसले खरिद गर्न चाहेको छ त्यसो बैंक नगद केही दिनको लागि आफूसँंग राख्ने गर्दथे ।

उक्त रकम स्टक मार्केटको म्यानुपुलेसा गर्न प्रयोग गर्ने गर्थे। यसरी हर्षद मेहताले रेडी फरवार्ड डिलको उपयोग चेन सिस्टममा गरे । रिजर्भ बैक अफ इन्डियाको नियमअनुसार कुनै पनि बैंकलाई ब्रोकरको नाममा चेक जारी गर्न मिल्दैन थियो । तर पनि यो प्रक्रिया नियमित रुपमा चली रह्यो । यस प्रकियाअन्तर्गत एक बैंकले अर्को बैंकलाई सरकारी ऋणपत्र खरिद गर्दा बैंक रिसिप मात्र दिने गथ्र्याे । बैंक रिसिपले ऋणपत्र बिक्री भएको छ र अर्को बैंकले स्वामित्व हस्तान्तरण तथा पैसा पाएको मान्ने गरिन्थ्यो।

हर्षद मेहतालाई स्टक मार्केटमा म्यनुपुलेसन अर्थात् चलखेल गरेर आफ्नो शेयर मूल्य बढाउनको लागि ठूलो मात्रामा पैसाको आवश्कता पर्यो, त्यसपछि उनले ठूलो जोखिम उठाए । यसलाई नै हर्षद मेहता स्क्यामको रूपमा चर्चा गरिन्छ ।

उनले केही बैंकको मद्दतले नक्कली बैंक रिसिप बनाए । जब बैंकलाई सरकारी ऋणपत्रको आवश्कता पथ्र्याे उनले नक्कली बैंक रिसिप दिएर गरेर रकम लिन्थे भने बैंकले रिसिप पाएपछि ऋणपत्र पाएको विश्वास गर्थे । वास्तविकता त्यस्तो थिएन, बैंकबाट लिएको रकम स्टकमार्केट चलखेल गर्न प्रयोग गर्ने गर्थे ।

उनले पैसाको मद्दतले केही कम्पनीको शेयर मूल्य उचाईमा पुर्याए । एसीसी कम्पनी शेयर मूल्य केही महिनामै २०० रुपैयाँबाट ९००० रुपैयाँसम्म पुर्याउन सफल भए ।

बैंकबाट लिएको ठूलो रकम स्टक मार्केटमा लगानी गर्दै गए । यस कारणले स्टक मार्केटले तीव्र गतिले नयाँ उचाई बनाउँदै गयो । समग्र बजारको वृद्धिले नयाँ लगानीकर्ता आकर्षित भए । यसको कारणले शेयरको मूल्य लगातार बढेर गयो । जब बजार उचाईमा पुग्ने गर्दथ्यो, त्यसबेला हर्षद मेहताले शेयर बेचेर राम्रो मुनाफा कमाउथे भने बैंकलाई पैसा तिरेर आफ्नो नक्कली बैंक रिसिप फिर्ता लिने गथ्र्याे । यो सिलसिला लगातर कम्पनीको स्टक वृद्धि भएसम्म चलिनै रह्यो । एकपटक शेयर मार्केट वियारिस मोडमा चल्दा हर्षद मेहतालाई ठूलो नोक्सानी हुन पुग्यो । यसले गर्दा बैंकलाई उनले तिनुृपर्ने पैसा तिर्न सकेनन् । त्यसैबेला २३ अप्रिल १९९२ मा टाइम्सको इन्डियाले हर्षद मेहताको नक्कली बैंक रिसिपको स्क्यामको पर्दाफास गर्याे ।

टाइम्सको इन्डियाको समाचारले हर्षद मेहताले दिएको नक्कली बैंक रिसिपको रहस्य पत्ता लाग्यो जसको कुनै पनि भ्यालु थिएन । त्यसबेलासम्म नक्कली बैंक रिसिपबाट हर्षद मेहताले बैंकसंँग करोडौं रकम लिइसकेका थिए । सबै हिसाब गर्दा बैंक प्रणालीलाई ३ हजारदेखि ४ हजार करोड़को नोक्सान भएको थियो । यो घटनापछि स्टकमार्केट नराम्रोसँग ‘त्र्mयास’ भइसकेको थियो । विजय बैंकको चेयरमैनले हर्षद मेहताको नाम ठूलो मात्रमा चेक जारी गरेका थिए । हर्षद मेहताको स्क्यामको पर्दाफास हुने बितिकै उनले आत्माहत्या गरेका थिए । यस घटनापश्चात बैंकले उनीसँंग पैसा माग्न थाले तर शेयर बजार गिरावट आउने क्रम जारी रहेका कारण पैसा तिर्न असमर्थ भए ।

यस कुराको पर्दाफास हुनुभन्दा अगाडि हर्षद मेहताको ‘स्क्याम टेक्निक’को पत्तासमेत थिएन । भारतको अनुसन्धान निकाय सीबीआईले उनलाई ९ नोबेम्बर १९९२ मा पक्राउ गरी उनीमाथि ६ सय सिभिल एक्सन सुट तथा ७० क्रिमिनल केस चार्ज लगाएको थियो ।

भारतीय पुँंजी बजारको नियामक निकाय सेक्युरिटिज बोर्ड अफ इन्डियाले उनलाई सधैंको लागि स्टक मार्केटमा लगानी गर्न प्रतिबन्ध लगायो । हर्षद मेहता जेल परे, एक दिन जेलमा उनलाई छातीमा पीडा भयो प्रहरीले अस्पतालमा पुर्याए ।

३१ डिसेम्बेर सन् २००१ को मध्यरात अरुले नयाँ वर्ष मनाइरहेका बेला हर्षद मेहता भने मृत्युसँंग लडिरहेका थिए । अन्ततः राति १२ बजेर ३० मिनेटमा उनले अन्तिम सास फेरे । जुन बेला हर्षद मेहताको मृत्यु भयो थियो त्यस बेला उनीमाथि लगाइएको २७ वटा मुद्दा सुनुवाईका क्रममै थिए ।

शेयर बजारका सुपरस्टारका रूपमा चर्चामा आएकोे हर्षद मेहता सरकारलाई २६ करोड रुपैयाँ कर तिरेर सबैभन्दा ठूलो व्यक्तिगत करदाता बनेका थिए ।उनलाई कतिपय बिग बुलको नामले सम्बोधन पनि गर्थे । शेयर बजारमा चलखेल गरेर पैसा कमाउन खोज्दा उनी आफू पनि डुबे अरु धेरैलाई पनि डुबाए ।
(विभिन्न समाचार एजेन्सीहरूको सहयोगमा )

फेसबुकबाट तपाईको प्रतिक्रिया