गोविन्द केसीविरुद्ध पक्राउ पूर्जी जारी


आर्थिकन्यूज
फाइल तस्बिर

काठमाडौं, पुस २४ । अदालतको अवहेलना गरेको भन्दै आन्दोलनरत प्रा. डा. गोविन्द केसीविरुद्ध सर्वोच्च अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।

Eco Roofing

डा. केसीले सर्वोच्च अदालतका प्रधान न्यायाधिश गोपाल पराजुलीलाई भष्ट्रचारी र माफिया भन्दै उनी विरुद्ध अनसन शुरु गरेपछि सर्वोच्चले यस्तो आदेश दिएको हो ।

डा. केसीले अदालत न्यायको किनबेच गर्ने ठाउँ भएको र त्यसको डन पराजुली रहेको भन्दै पत्रकार सम्मेलन गरेर कडा अभिव्यक्ति दिएका थिए ।

सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले केसीलाई पक्राउ पूर्जी जारी भएको पुष्टि गर्दै भने ‘आज उनी विरुद्ध मुद्दा दर्ता भएर नेपाल प्रहरी प्रधान कार्यालयको नाममा पक्राउ पूर्जी जारी गरि केसीलाई भोलीसम्ममा अदालत हाजिर गराउन भनिएको छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया