बर्जरको वेदरकोट एन्टी डस्ट पेन्ट बजारमा


आर्थिकन्यूज
बर्जरको वेदरकोट एन्टी डस्ट पेन्ट बजारमा

काडमाडौं, पुस २४ । रङ उत्पादक कम्पनी बर्जरले नेपालमा वेदरकोट एन्टी डस्ट पेन्टको उत्पादन एवम् बिक्री वितरण शुरु गरेको छ ।

Eco Roofing

नेपालमा द्रुततर गतिमा अघि बढिरहेका निर्माण कार्य, सवारी साधनले पारिरहेको प्रदुषण, सडकमा र यत्रतत्र उडिरहेको धुलो समस्या बनिरहेको छ । यसप्रकारले हावामा उडिरहेको धुलो बाहिरी भित्तामा टाँसिएर ती भित्तालाई पुरानो र फोहोर बनाइदिन्छ, साथै यसरी जमेर बसेका धुलोले रङ र बाहिरी भित्ताको आयु घटाउँछ । बर्जर पेन्ट्स नेपालले पहिलोपटक डस्ट गार्ड टेक्नोलोजीसहितको एन्टी डस्ट पेन्ट प्रस्तुत गरेको छ । वेदरकोट एन्टी डस्ट पेन्टले घरको बाहिरी भित्तामा धुलो टिक्का दिँंदैन र घरको भित्ता चम्किलो बनाउने कम्पनीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया