३३ अंकले बढ्यो नेप्से


आर्थिकन्यूज

काठमाडौं, पुस २२ । शेयर बजार परिसुचक नेप्से यो साता पहिलो दिनको तुलनामा ३३ दशमलव २५ अंकले बढेर अन्तिम दिन १ हजार ४ सय २३ दशमलव ८३ को बिन्दुमा पुगेर बन्द भएको छ । परिसुचकसँगै यो साता कारोबार रकम पनि बढेको छ ।

यो साता १७९ कम्पनीको २७ हजार ५८३ कारोबारबाट २ अर्ब ७० करोड ७१ लाख ३७ हजार रुपैयाँ बराबरका ६४ लाख ७९ हजार ८९० कित्ता शेयर खरिदबिक्री भएका छन् । जबकि गत साता २ अर्ब ६८ करोड २६ लाख ४२ हजार रुपैयाँ बराबरका शेयर किनबेच भएका थिए । कारोबार रकम गतसाताको भन्दा शुन्य दशमलव ९१ प्रतिशत बढी हो ।

त्यस्तै क वर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स परिसुचक पहिलो दिनको तुलनामा ७ दशमलव ५४ अंकले बढेर २९९ दशमलव ६६ को बिन्दुमा पुगेको छ ।

समूहगत परिसुचक यस्तो रह्यो साताभर

कारोबार रकमका आधारमा साताका उत्कृष्ठ ५ कम्पनीहरु

यस साता कारोबार रकमका आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । बैंकको १७ करोड ३८ लाख ३० हजार रुपैयाँको शेयर किनबेच भएको छ । त्यसैगरी कारोबार भएको शेयर संख्या ५ लाख ३४ हजार कित्ता शेयर सहित प्रभु बैंक लिमिटेड धरै भएको छ ।

दुई कम्पनीको शेयर सूचीकृत

फेसबुकबाट तपाईको प्रतिक्रिया