यी कम्पनीको हकप्रद निष्कासन भइरहेको छ, भर्न छुटाउनु होला है !


आर्थिकन्यूज

काठमाडौं, पुस २२ । बैंक तथा वित्तीय संस्था पूँजी वृद्धिका लागि अहिले पनि हकप्रद निष्कासनकै क्रममा रहेका छन् । अहिले पनि पाँच कम्पनीको हकप्रद निष्कासन भइरहेको छ । हकप्रद निष्कासन भइरहेका कम्पनीमा सिभिल बैंक, प्रुडेन्सियल इन्स्योरेन्स, सांग्रिला डेभलपमेन्ट बैंक, गण्डकी विकास बैंक र रिलायन्स फाइनान्स रहेका छन् ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी (Prudential Insurance Co. Ltd.) को हकप्रद पुस १६ गतेदेखि माघ २१ गतेसम्म हकप्रद शेयर निष्कासन तथा बिक्री खुल्ला भइरहेको छ । इन्स्योरेन्सले १० कित्ता बराबर ३ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले १२ करोड ८३ लाख ४ सय रुपैयाँ बराबरको १२ लाख ८३ हजार ४० कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

उक्त हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी ५५ करोड ५९ लाख ८४ हजार रुपैयाँ पुग्नेछ ।

सांग्रिला डेभलपमेन्ट बैंक (Shangrila Development Bank Ltd.) ले ८० प्रतिशत हकप्रद शेयर पुस १७ गतेबाट निष्काशन गरेको छ । हकप्रदमा पुस ९ गतेदेखि माघ २१ गतेसम्म आवेदन दिन सक्ने छन् ।

हाल बैंकको चुक्तापुँजी १ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ छ । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी २ अर्ब २४ करोड ५२ लाख रुपैयाँ पुग्ने भएको छ । बैंकको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

गण्डकी विकास बैंक  (Gandaki Bikas Bank Limited) ले ४ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले पुस ७ गतेबाट माघ ११ गतेसम्म चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । बैंकले सय रुपैयाँ अंकित मूल्यमा ४६ लाख ९ हजार ८१५ कित्ता शेयर निष्काशन गर्न लागेको हो । फेवासँग मर्जपछि बैंकको चुक्ता पूँजी १ अर्ब ८४ करोड ३९ लाख २६ हजार रुपैयाँ पुगेको छ । हकप्रद शेयर निष्काशनपश्चात बैंकको चुक्ता पूँजी २ अर्ब ३० करोड रुपैयाँ पुग्नेछ । बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

सिभिल बैंक  (Civil Bank Ltd) को ४० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला भएको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा २ अर्ब ७ करोड ४० लाख ८८ हजार ६७५ रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार ८८६.७५ कित्ता हकप्रद शेयर बिक्री गरेको हो । बैंकको हकप्रदमा मंसिर ५ गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले मंसिर २२ देखि पुस २७ सम्म शेयर आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब १८ करोड ५२ लाख १० हजार ३६२ रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३६२ रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

रिलायन्स फाइनान्स (Reliance Finance Ltd.) को ४५ प्रतिशत अर्थात् १०ः४.५ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ । फाइनान्सले १०० रुपैयाँ अंकित दरमा २३ लाख ६ हजार ५७१.६० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । मंसिर ७ गतेसम्म शेयर सुरक्षित गर्ने लगानीकर्ताले मात्रै उक्त हकप्रद शेयरमा आवेदन दिन पाउने छन् ।
फाइनान्सले मंसिर २२ गतेदेखि पुस २७ गतेसम्म हकप्रद निष्कासन खुल्ला गरेको हो । उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

यी कम्पनीको आउँदैछ हकप्रद

प्रभु बैंक (Prabhu Bank Limited) ले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । प्रभुले १० बराबर ४ अनुपातमा २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री गर्न लागेको हो ।

बैंकको हकप्रदमा पुस २० गतेसम्म कायम शेयरधनीले माघ ७ गतेदेखि फागुन १३ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड १४ लाख २ हजार रुपैयाँ रहेको छ । उक्त ४० प्रतिशत हकप्रद निष्काशनपछि बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।

हकप्रदमा आस्बा सदस्य सबै बैंक तथा वित्तीय संस्था, सनराईज क्यापिटल लिमिटेड कमल पोखरी, प्रभु बैंकको प्रधान कार्यालय साथै बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

ग्रीन डेभलपमेन्ट बैंक (Green Development Bank Ltd.)  ले १ बराबर ४ को अनुपातमा अर्थात ४०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्कासन गर्ने लागेको हो । बैंकको उक्त हकप्रद शेयरमा पुस १६ गतेदेखि कायम शेयरधनीले माघ २ गतेदेखि फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । हाल १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको हकप्रद बिक्री पश्चात पूँजी ५० करोड पुग्नेछ ।

पोखरा फाइनान्स  (Pokhara Finance Ltd.) ले हकप्रद शेयर निष्कासनको गरेको छ । कम्पनीले चुक्तापूँजीको १५ प्रतिशत अर्थात ९ करोड ८३ लाख ६८ हजार २७४ रुपैयाँको ९ लाख ८३ हजार ६८२ कित्ता शेयर निष्कासन गर्न लागेको हो । कम्पनीको हकप्रदमा पुस १३ गतेसम्म कायम शेयरधनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १०० बराबर १५ कित्ताका दरले आवेदन दिन पाउनेछन् ।

हकप्रदमा पुस ३० गतेदेखि फागुन ११ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ ।

सेन्ट्रल फाइनान्स (Central Finance Co. Ltd.) ले पुस २३ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । फाइनान्सले चुक्ता पुँजी बढाउन २ बराबर १ हकप्रद शेयर बिक्री गर्न लागेको हो । फाइनान्सले २६ करोड ३ लाख रुपैयाँ बराबरकोे २६ लाख ३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । फाइनान्सले ५० प्रतिशत हकप्रद जारी गर्न पुस ४ गते शेयरधनी किताब पुस्तिका बन्द गरेको थियो । तसर्थ पुस ३ गतेसम्म कायम शेयरधनीले हकप्रदका लागि पुस २३ गतेदेखि माघ २८ गतेसम्म आवेदन दिन सक्नेछन् । फाइनान्सको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केटस् रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया