फस्र्ट माइक्रोफाइनान्सको हकप्रदले कति पायो रेटिङ ?


आर्थिकन्यूज

काठमाडौं, पुस २१ । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले २ बराबर १ को अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको हकप्रदलाई इक्रा नेपालले ग्रेड थ्रि रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको अवस्थामा औसत रहेको संकेत गर्छ ।

कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा २२ करोड ८१ लख ३१ हजार ३०० रुपैयाँको २२ लाख ८१ हजार ३१३ कित्ता शेयर निष्कासन गर्ने भएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले शेयर निष्कासनको अनुमतिका लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डले हकप्रद निष्कासनको अनुमति प्रदान गरेसँगै शेयर निष्कासन प्रक्रिया अगाडि बढ्नेछ ।

कम्पनीले चालू आवको पहिलो त्रैमासमा दुई करोड ४१ लाख ३० हजार रुपैयाँ खुद मुनाफा गरेको छ । ४५ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले प्रति शेयर आम्दानी २१ रुपैयाँ १५ पैसा कायम गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया