प्रदेश प्रमुख नियुक्तिमा अन्योल कायमै


आर्थिकन्यूज

काठमाडौं, पुस २० । प्रदेश प्रमुख र अस्थायी सदमुकाम तोक्ने विषयमा अझै पनि अन्योल कै स्थिती देखिएको छ । विहिबार प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने प्रस्ताव गरे पनि एमालेका नेताहरुले त्यसमा छलफल नै गर्न नखाजेको बालुवाटार स्रोतले बताएको छ ।

प्रदेश प्रमुख नियुक्त नहुँदा प्रदेशसभाले पूर्णता पाउन सकेको छैन । त्यस्तै अस्थायी राजधानी नतोक्दा हालसम्म पनि प्रदेशसभा रहने स्थानको टुंगो लाग्न सकेको छैन ।

बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरु सहभागी थिए । स्वास्थ्य अवस्था खराब भएपछि केही दिनदेखि आराम गरिरहेका एमाले अध्यक्ष केपी ओली भने बैठकमा सहभागी थिएनन् । एमालेबाट सुवास नेम्वाङ, विष्णु पौडेल, अग्नि खरेलसहितका नेताहरु बालुवाटार पुगेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया