वानप्लस ५ टि अब नेपालमा


आर्थिकन्यूज

काठमाडौं, पुस २० । वान प्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनमध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ५ टी’ सार्वजनिक गरेको छ । यसमा उच्च रिजोल्यूुशन भएको ड्युल क्यामरा प्रणाली जडान भएको छ जसले अहिलेसम्मर्क सबैभन्दा उच्चगुणस्तरको तस्बिर खिच्न सकिने कम्पनीको दाबी छ ।

त्यस्तै यसमा जडान भएको ड्यास चार्जरका कारण आधा घण्टा चार्ज गर्दा पूरा दिन कुरा गर्न सकिन्छ ।

क्वालकम स्न्यापड्रागन ८३५ प्लेटफर्ममा आधारित यस फोनमा ६ र ८ जीर्बी याम रहेको छ । ‘वानप्लस ५ टि’ ले ३४ जीएसएम नेटवर्क ब्याण्ड सपोर्ट गर्छ । यसको ६४ जीबीको मूल्य ६४ हजार ९ सय तथा १ सय २८ जीबीको मूल्य ७२ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

“वानप्लस ५ टि’ ले उत्कृष्ट प्रयोगकर्ता अनुभवको संभावनाप्रदानगर्नकालागिहाम्रो चनाखोपन र धैयर्तालाई प्रदर्शित गर्दछ,’ आइहब प्रालिका मार्केटिङ म्यानेजर धिरेन्द्र कुशवाहले भने, ‘हामीले यो सिद्धान्तलाई ‘वानप्लस ५ टि’ को सबै क्षेत्रहरुमालागू गरेका छौं । उदाहरणका लागि ड्यूलक्यामराले अहिलेको स्मार्टफोन बजारमा स्पष्ट तस्विर खिच्नको लागि सहयोग गर्दछ र प्रयोगकर्ताहरुलाई हरेक अवस्थामाआकर्षक फोटोहरु खिच्नकालागि नियन्त्रण गराउँछ । फेरी पनि यो फोनलाई प्रदर्शित बनाउन हामीले धेरै मेहनत गरेको छौँ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया