बलात्कारको घटनामा सीता एयरका क्षेत्रीय प्रबन्धक पक्राउ


आर्थिकन्यूज

काठमाडौं, पुस १७ । प्रहरीले बलात्कारमा सघाएको आरोपमा सीता एयरका क्षेत्रीय प्रबन्धक मनोज भारतीलाई पक्राउ गरेको छ । शनिबार राति नेपालगञ्जको सिग्नेट होटलमा भएको बलात्कार घटना उनले पनि सघाएको पाइएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

उक्त राति होटलको ३०५ नम्बरको कोठामा १९ वर्षीय युवतीलाई निरज गुरुङले बलात्कार गरेका थिए । गुरुङलाई प्रहरीले होटलबाटै पक्राउ गरिसकेको छ । उनलाई जर्बजस्ती करणी मुद्दामा अदालतबाट म्याद थप गरिसकेको छ । गुरुङले बलात्कारको क्रममा युवतीमाथि कुटपिट र हत्या प्रयास समेत गरेको बताइएको छ ।

पछि युवतीले बाथरुममा गएर प्रहरीलाई खबर गरेपछि गुरुङ तत्कालै पक्राउ परेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया