रेमिटेन्सले बाग्लुङवासीको क्रयशक्ति बढाएको छः ढकाल


आर्थिकन्यूज

काठमाडौं, पुस १७ । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिटेन्सले आम बागलुङ्वासीको क्रयशक्ति बढाएको बताएका छन् । बाग्लुङ महोत्सवलाई सम्बोधन गर्दै ढकालले बागलुङमा लामो समयदेखि भित्रिंदै आएको रेमिटेन्सलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न समेत आवश्यक रहेको बताएका छन् ।

Eco Roofing

मुलुकमा निर्वाचन पनि सम्पन्न भइसकेको र नेपालको सबै राजनीतिक नेतृत्व पनि आर्थिक विकासका मुद्दामा केन्द्रीत रहेकाले अव मुलुकको आर्थिक विकासले गति लिने अपेक्षा अध्यक्ष ढकालले गरे । पर्यटन, लघुजलविद्युत र कृषि जस्ता क्षेत्रमा बागलुङको अत्यन्तै सम्भावना भएकाले आफु र आफु सम्बद्ध संस्थाहरु बागलुङको आर्थिक विकासमा सबैसँग सहकार्य गरि अगाडी बढ्न तयार रहेको जानकारी पनि उनले दिए ।

प्रदेश नम्बर ४ स्तरीय कृषि, पर्यटन, औधोगिक व्यापार मेला तथा बागलुङ महोत्सवलाई आइएमई ग्रुपले सह–प्रायोजन समेत गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया