नेपाल बंगलादेश बैंकद्वारा सहयोग


आर्थिकन्यूज
नेपाल बंगलादेश

काठमाडौं, पुस १७ । नेपाल बंगलादेश बैंकको इटहरी शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत माया घर नेपाललाई बृद्धाश्रम निर्माणका लागि ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम बराबरको चेक बैंकका शाखा प्रमुख विष्णुराज रायमाझीले संस्थाका कोषाध्यक्ष शान्ता न्यौपानेलाई हस्तान्तरण गरेका छन् ।

Eco Roofing

इटहरीमा सामाजिक कार्यका क्षेत्रमा सक्रिय महिलाको अगुवाईमा स्थापित उक्त सामाजिक संस्था माया घर नेपालले इटहरी उपमहानगरपालिका–.२ हवाई चोकमा बृद्धाश्रम बनाउने उद्धेश्यले श्रीमद् भागवत जीवनदर्शन ज्ञान महायज्ञ सञ्चालन गरिरहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया