राइनो ५०० डी फलामे छडद्वारा टेक्निकल मिट सम्पन्न


आर्थिकन्यूज

काठमाडौं, पुस १६ । शंकर ग्रुपको भगिनी संस्था जगदम्बा स्टिल्सले एफई ५०० डीमा आधारित राइनो फलामे छड सम्बन्धि आफ्नो टेक्निकल मिटको आयोजना गरेको छ ।

ललितपुरमा सम्पन्न कार्यक्रममा बोल्दै जगदम्बा स्टिल्सका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले भने ‘राइनो ५०० डी नयाँ पुस्ताको उच्चशक्ति र लचकता सहितको रिब्ड रिइन्फोर्स छड हो । निर्माण प्रक्रिया, भौतिक तथा रसायनिक सम्मिश्रण तथा यसबाट उत्पन्न गूण लगायतका आधारमा राइनो बजारमा उपलब्ध अन्य छड भन्दा पृथक छ ।’ एफई ५०० डी ग्रेडमा उपलब्ध राइनो फलामे छडमा सल्फर तथा फोस्फरसको मापदण्ड अनुसार अधिकतम ०.०७५ प्रतिशत मात्र सम्मिश्रण गरिएको छ । यसले गर्दा छडमा उच्चशक्ति र लचकताको सुनिश्चितता प्राप्त हुन्छ ।

यसमा उपलब्ध उच्च लचकता र शक्तिका कारण यो छड भूकम्पियजोखिम तथा सम्भावनायुक्त नेपालकालागि उपयुक्त रहेको नेपालले बताए । यसले भुकम्पिय जोखिमयुक्त स्थानमा भूकम्पप्रतिरोधात्मक संरचनाको निर्माण गरी जोखिमबाट जोगाउँछ ।

राइनो ५००डी फलामे छड ८ एमएम देखि ३२ एमएम आकारमा नेपालभर छरिएका कम्पनीकाविक्रि केन्द्र मार्फत उपलब्ध छन् । उपभोक्ताको आवश्यकता, माग तथा योजनाका अनुसार कम्पनीले ३६ एमएमतथा ४० एमएमआकारमा समेत यसलाई उपलब्ध गराउने गरेको छ । कम्पनीले हरेक छडलाई १२ मिटरको निर्धारित लम्बाइमा उपलब्ध गराउने गरेको छ । यसले निर्माण सामग्री खेर जानबाट जोगाउनुका साथै मापदण्ड समेत पुर्ण गर्न सघाव मिल्छ ।

उपभोक्ताले कम्पनीको देशभर रहेका बिक्री केन्द्रमार्फत राइनो ५०० डी फलामे छड ८ एमएमदेखि ४० एमएम आकारमा खरिद गर्न सक्छन् ।

उत्पादनका बारेमा प्राविधिक ज्ञान दिने सोचका साथ कम्पनीले विभिन्न स्थानमा टेक्निकल मिट (प्राविधिक सम्मेलन)को आयोजना गर्दै आइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया