जलविद्युत कम्पनीको शेयर निष्कासनमा थप कडा बन्दै बोर्ड


आर्थिकन्यूज
धितोपत्र

काठमाडौं, पुस १६ । नेपाल धितोपत्र बोर्डले जलविद्युत कम्पनीलाई धितोपत्र निष्कासन गर्दा थप नयाँ व्यवस्था गरेको छ । नयाँ व्यवस्था अनुसार अब जलविद्युत कम्पनीले शेयर निष्कासन गर्दा स्पष्ट रुपमा वित्तीय विवरण राख्नुपर्ने भएको । वित्तीय विवरणमा सञ्चालन अवधि ३ वर्ष भइसकेको अवस्थामा तीन वर्षको र सञ्चालनको ३ वर्ष नभएको अवस्थामा सञ्चालन अवधिको लेखापरिक्षण भएको वित्तीय विवरणमा प्रति शेयर खुद सम्पत्ती रप्रति शेयर आम्दानी स्पष्ट देखिने ठूला अक्षरमा हुनु पर्ने उल्लेख गरेको छ ।

Eco Roofing

बोर्डले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै यस्तो व्यवस्था गरेको हो । जलविद्युत आयोजनाले प्रति मेगापाट लागत, विद्युत उत्पादन अनुमतिको बाँकी अवधि र लगानीफिर्ता हुने अवधि स्पष्ट हुनु पर्ने उल्ल्ेख गरेको छ ।

बोर्डले सो सम्बन्धी गरेको व्यवस्था जस्ताकोे तस्तै :

वित्तीय अवस्था सन्तोषजनक नरहेका मुख्यतःजलविद्युत कम्पनीहरुको सार्वजनिक निष्काशन सम्बन्धमा
धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरुको हित संरक्षणका लागि धितोपत्रको सार्वजनिक निष्काशन सम्बन्धमा लगानीकर्ताहरुलाई सूसुचित गराउन र सार्वजनिक निष्काशन प्रकृयालाई थप व्यवस्थित तथा पारदर्शी गराउनका लागि सङ्गठित संस्थाको पछिल्लो लेखा परिक्षण भएको वित्तीय विवरण बमोजिमप्रति शेयर खुद सम्पत्तिप्रति शेयर अङ्कित मूल्य भन्दा कम भएका र सबै भन्दा न्यून रेटिङ्ग प्राप्त गरेका वित्तीयअवस्था सन्तोषजनक नरहेका

मुख्यतःजलविद्युत कम्पनीहरुले धितोपत्रको सार्वजनिक निष्काशन गर्दा देहाय बमोजिमको विवरणहरु खुलाउनुपर्ने थप व्यवस्था गरिएको छ ।

१) सार्वजनिक निष्काशनका लागि तयार गरिने विवरणपत्रको मुखपृष्ठमा स्पष्ट देखिने गरी देहाय बमोजिमको विवरणहरु बक्समा प्रस्तुतगर्ने ।

  • सञ्चालन अवधि ३ वर्ष व्यतित भैसकेको अवस्थामा विगत तीन वर्षको र तीनवर्ष व्यतीत भैनसकेको अवस्थामा सञ्चालन अवधिभरको लेखापरीक्षण भएको वित्तीय विवरण बमोजिमप्रति शेयर खुद सम्पत्ति, प्रति शेयर आम्दानी ।
  •  जलविद्युत आयोजना भएमा प्रति मेगावाट लागत, विद्युतउत्पादन अनुमतिको बाँकी अवधि, लगानीफिर्ता हुने अवधि (Pay Back Period) ।
  • क्रेडिट रेटिङ्गको ग्रेड ।

२) प्रक्षेपित वित्तीय विवरण प्रमाणित गर्दा निष्काशनकर्ता संस्थाको लेखापरीक्षकले प्रक्षेपित वित्तीयविवरण ठिक रहेको भनी स्पष्ट रुपमा प्रमाणित गर्ने ।

३) संगठित संस्थाले विवरणपत्रमा प्रक्षेपण गरेको विवरणहरु तथा वास्तविक विवरण तुलनात्मक रुपमा बार्षिक प्रतिवेदनमा तालिकामा प्रस्तुत गर्नुपर्ने । साथै प्रक्षेपित विवरण भन्दा वास्तविक विवरण फरक पर्न गएमा सोको कारण खुलाई आफ्नो बार्षिक प्रतिवेदनमाप्रक्षेपितअवधिसम्मप्रत्येक बर्ष प्रस्तुतगर्नुपर्ने ।

४) धितोपत्रको सार्वजनिक निष्काशनका लागि तयार गरिने विवरणपत्र निष्काशनकर्ता कम्पनीको वेभसाइटमा कम्तिमा वित्तीय विवरण प्रक्षेपण गरिएको अवधिसम्म अनिवार्यरुपमा राख्नुपर्ने, निष्काशन तथा विक्रीप्रबन्धकको वेभसाइटमा धितोपत्रको बाँडफाँट नभएसम्म राख्नुपर्ने र आस्वा सदस्य बैंक तथावित्तीय संस्थाको अनलाइनआवेदनगर्ने स्थानमा विवरणपत्रको लिङ्क निष्काशन अवधि भरी राख्ने ।

५) सर्वसाधारण लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनमा लिखित वा विद्युतीय माध्यमबाट आवेदन दिंदाअनिवार्य रुपमा उक्त निष्काशनको लागितयार गरेको विवरणपत्र पढी आफ्नो स्वविवेकले दरखास्त दिएको हो भन्ने उद्घोषण गराउने व्यवस्था गर्ने ।

६) क्रेडिट रेटिङ्ग कम्पनीले सार्वजनिक निष्काशन गर्ने धितोपत्रलाई न्यून ग्रेड प्रदान गरेमा र सङ्गठित संस्थाको पछिल्लो लेखापरिक्षण भएको वित्तीय विवरण बमोजिमप्रति शेयर खुद सम्पत्तिप्रति शेयर अङ्कितमूल्य भन्दा कमभएमा त्यस सम्बन्धी विवरण निष्काशनकर्ता कम्पनीले सार्वजनिक निष्काशनको लागि प्रकाशन गर्ने आह्वान पत्र लगायत अन्य सूचनाहरुमा स्पष्ट देखिने गरी ठूलो अक्षरमा उल्लेख गर्नुपर्ने ।

यस व्यवस्थाबाट सार्वजनिक निष्काशन गर्ने संगठित संस्थाहरुको सम्बन्धमा लगानीकर्ताहरुलाई थप जानकारी प्राप्त भई लगानी सम्बन्धमा उचित निर्णय लिन मद्दत पुग्ने तथा संगठित संस्थाहरुलाई परियोजना सफल बनाउन अवसरको रुपमा रहने बोर्डको अपेक्षा रहेको छ । साथै बोर्डले भबिष्यमा सार्वजनिक निष्काशनलाई थप व्यवस्थित बनाउन संगठित संस्थाको वस्तु स्थितीका आधारमा बजारबाट नै यर्थाथपरक मूल्यनिर्धारण गर्ने बुक बिल्डिङ्ग पद्धति लागू गर्न आवश्यक नीतिगत व्यवस्था गर्ने योजना समेत बोर्डले बताएको छ । ।

फेसबुकबाट तपाईको प्रतिक्रिया