एनसेल मेला विराटनगरको हाटखोलामा


आर्थिकन्यूज

काठमाडौं, पुस १४ । मोबाइल प्रदायक कम्पनी एनसेले पुस १५ गते शनिबार विराटनगरको हाटखोलामा ‘एनसेल मेला २०७४’ आयोजना गर्ने भएको छ । विराटनगरमा विविध मनोरञ्जनात्मक कार्यक्रमहरुले आयोजना गरिएको कम्पनीले जना्रएको छ । यस्तै मेला गत हप्ता पोखरामा भएको मेलामा पोखरेली दर्शक र पर्यटकहरुको मन जित्न सफल भएको कम्पनीले दावी गरेको छ ।

Eco Roofing

मेलामा विभिन्न गेम्स् लगायत सबै मनोरञ्जनात्मक गतिविधीहरु फोरजी थिममा आधारित हुनेछन् र दर्शकहरुले चर्चित गायक तथा सांगीतिक समुहहरुको प्रस्तुतिबाट आनन्द लिन सक्नेछन् ।

मेलामा कलाकारहरु शिव परियार, आषिश राना (लाउरे), सांगीतिक समुहहरुमा कबवेभ र द एजले आफ्नो प्रस्तुतिहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनरअप अनिमेश शाहीले पनि मेलामा सहभागिता रहनेछ । त्यसैगरी स(साना बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा ‘जुनियर सिङ्गिङ्ग आइडल’ कार्यक्रमको पनि आयोजना गरिनेछ ।

एनसेलको फोरजी सेवाको बारेमा पनि जानकारी लिनुका साथै विषेश एनसेल फोरजी जोनमा फोरजी इन्टरनेट चलाएर टेष्ट पनि गर्न सक्नेछन् । दर्शकहरुले मेलामा नै आवश्यक कागजातहरु बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन् ।

मेलामा जादु, किडस् जोन र फुड स्टलहरु पनि रहेनछन् । त्यसैगरी, मेलाको अन्य आकर्षणहरुमा फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु पनि रहनेछन् ।

सन् २०१७ को बिदाई र नयाँ वर्ष २०१८ को स्वागत गर्नका लागि एनसेल मेला सबभन्दा उपयुक्त कार्यक्रम हुनेछ । पोखराबाट शुरु भएको यो मेला पुस २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुस २९ गते ललितपुरको जावलाखेल मैदानमा पुगेर समापन हुने आयोजकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया