आईजीआईको ८० प्रतिशत हकप्रद, बिक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल


आर्थिकन्यूज

काठमाडौं, पुस २ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले १० बराबर ८ को अनुपातमा अर्थात ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासन गर्न ग्लोवल आइएमई क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

Eco Roofing

एनबि इन्स्योरेन्सको नामसहित शेयर कारोबार संकेत पनि फेरीयोनियुक्ति सम्बन्धमा सोमबार इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालबीच संझौतापत्रमा हस्ताक्षर भएको छ ।

कम्पनीले चुक्तापूँजी वृद्धिका लागि हकप्रद निष्कासनको प्रक्रिया अगाडि बढाएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । उनले ८० प्रतिशत हकपद शेयरको बिक्रीपश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको चुक्ता पूंजी ९७ करोड २० लाख रुपैयाँ पुग्ने र त्यसपश्चात बोनस शेयर दिई कम्पनीले आफनो चुक्ता पूंजी १ अर्ब २ करोड ६ लाख पु¥याउने गरी पूंजी वृद्धि योजना बीमा समितिमा पेश गरिएको पनि जानकारी दिए ।

एनबी इन्सुरेन्स अब ‘आइएमई जनरल इन्सुरेन्स’

फेसबुकबाट तपाईको प्रतिक्रिया