नेप्से प्राविधिक रुपमा सक्षम बन्ने संकेत


आर्थिकन्यूज
नेप्से

काठमाडौं, मंसिर २५ । नेपाली पूँजी बजारको विकासका लागि नेपाल स्टक एक्सचेञ्जले ठोस कदम चालेको छ । हालै मात्र नेप्सेले पूँजी बजारको विकासका लागि व्यक्तिगत तथा संस्थागत संघसंस्थाहरुलाई आप आफ्नो विज्ञता प्रस्तुत गर्न आव्हान गरेको छ ।

नेप्सले मंसिर १५ गते सार्वजानिक रुपमा विज्ञापन आव्हान गर्दै क्यापिटल मार्केट एक्सपर्ट, लेगल एक्सपर्ट अन कमर्सियल अथवा कर्पोरेट ल, एक्सपर्ट अन फाइनान्सियल एनालाइसिस् अथवा कर्पोरेट फाइनान्स अथवा फाइनान्सियल टेक्नोलोजि, ह्युमन रिसोर्स म्यानेजमेन्ट एक्सपर्ट, प्रडक्ट डेभलपमेन्ट एक्सपर्ट, कन्फिल्कट म्यानेजमेन्ट एक्सपर्ट, कमोडिटी एण्ड डेरिभेटिभ मार्केट एक्सपर्ट र पोर्क्युर्मेन्ट म्यानेजमेन्ट क्षेत्रका व्यक्ति र संस्था विज्ञका लागि विज्ञापन आव्हान गरेको हो ।

नेप्सेले उक्त विज्ञहरु नियुक्तिका लागि पूँजी बजार, वित्तीय अवस्था लगायत विषयमा ज्ञाता हुनुपर्ने बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया