मेयर बन्न खोजेका चौधरी अन्ततः प्रतिनिधिसभाका सांसद भए


आर्थिकन्यूज

काठमाडौं, मंसिर २५ । सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चन्द्रकान्त चौधरीले संचारमाध्यमहरुसँग प्रतिक्रिया दिँदै आफूले कहिलै सांसद बन्ने सपना नदेखेको भए पनि आफू निर्वाचित भएको बताएका छन् ।

यसअघि सम्पन्न स्थानिय तह निर्वाचनमा उनी मेयर बन्न चाहन्थे तर मेयरमा सफल नभएका उनले एक्कासी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने ‘अफर’ पाए । उम्मेदवारीका लागि उपयुक्त व्यक्तिको खोजी भइरहेका बेला राजपा नेतृत्वले चौधरीलाई प्रस्ताव गरेको थियो । प्रदेशसभा सदस्य उम्मेदवार बन्ने तयारीकै क्रममा चौधरी प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्न मनोनयनका दिन मात्र तयार भएका थिए । अन्ततः उनी सांसद बनेका छन् ।

नेपाली कांग्रेस छोडेर राजपाबाट उम्मेदवार बनेका चौधरीले कांग्रेसकै जिल्ला सभापति दिनेशकुमार यादवलाई हराएर प्रतिनिधिसभाका सांसद भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया