अब चार महिनाभित्रै उपत्यकामा मेलम्चीको पानी आउने


काठमाडौं, मंसिर २२ । समयमै ससरकारी योजना पुर भए आगामी चार महिनाभित्र मेलम्चीको पानी उपत्यका भित्रिने भएको छ । यो खबर आजको नागरिकमा छापिएको छ ।

सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेकाले आगामी चैतसम्म मेलम्चीको पानी उपत्यका आउने भएको हो । आउने चार महिनाभित्रै उपत्यकामा पानी ल्याउन सरकार अन्तिम तयारीमा छ ।

मेलम्ची खानेपानी उप आयोजनाका अनुसार अब आठ सय २७ मिटर मात्रै सुरुङ खन्न बाँकी छ । लगभग सुरुङ खन्ने काम सकिन लागेकाले चैतभित्रै उपत्यकामा पानी आउने सम्भावना बढेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया