बाम गठबन्धनको ३० स्थानमा अग्रता


आर्थिकन्युज

काठमाडौं, मंसिर २१ । प्रतिनिधिसभा तर्फको पछिल्लो मतपरिणम अनुसार बाम गठबन्धनले ३० स्थानमा अग्रता लिएको छ । बाम गठबन्धनको मुख्य घटक एमाले १७ स्थानमा अग्रता लिएको खबर आइरहेका छन् भने माआवादी केन्द्रले १३ स्थानमा अग्रता लिन सफल भएको छ ।

यता लोकतान्त्रिक गठबन्धनको भने हालसम्म ५ स्थानमा मात्र अग्रता देखिएको छ । डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले पनि एक स्थानमा अग्रता लिएको छ । त्यस्तै तराई मधेशबादी दलले पनि एक स्थानमा अग्रता लिएको छ ।

त्यस्तैगरि प्रदेशसभा तर्फ एमाले ९ स्थानमा अग्रता लिइरहेको छ । माओवादी केन्द्र ५ र नेपाली काग्रेस ५ स्थानमा अग्रता लिइरहेका छन् । स्वतन्त्र उम्मेदवारले एक स्थानमा अग्रता लिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया