रुकुम पश्चिममा वाम गठबन्धनको अग्रता


निर्वाचन प्रत्यासीका न्यूनतम खर्च साढे १० अर्बे

रुकुम, मंसिर २१ । रुकुम पश्चिममा वाम गठबन्धनले अग्रता लिएको छ । अहिलेसम्म एक हजार ९३६ मतगणना हुँदा गठबन्धनका जनार्दन शर्माले एक हजार २५८ मतका साथ अग्रता लिनुभएको छ ।

उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका गोपालजीजंग शाहले ४०६ मत ल्याउनुभएको छ । यस्तै नयाँ शक्ति नेपाल पार्टीका शरुण बाँठाले ५८ मत प्राप्त गर्नुभएको छ ।

अहिलेसम्म १६७ मत बदर भएको छ । यहाँ जम्मा ५५ हजार ६४५ मत खसेको थियो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया