मनाङबाट एमालेले खाता खोल्यो


आर्थिकन्युज

काठमाडौं, मंसिर २१ । प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणमा भएको निर्वाचनमा प्रदेश नं ४ को मनाङबाट बाम गठबन्धनले जितको खाता खोलेको छ ।


मनाङ क्षेत्र नं १ बाट एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ्ग २३०० मत ल्याएर विजयी भएका छन् । उनलाई नेपाली काग्रेसका उम्मेवदार टेकबहादुर गुरुङले २०२१  ल्याएका थिए ।

पाल्देन छोपाङ गुरुङको जन्म २०१६ असोजमा मनाङमै भएको हो । उनी एमालेको मनाङ जिल्ला अध्यक्ष हुन । गुरुङ्ग २ वर्षपहिला मात्र एमाले पार्टीको सदस्य भएका थिए । मनाङ नै होटल व्यवसायी सञ्चालन गर्दै आएका व्यापारि हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया