प्युठानको प्रभात माविमा १० बजेसम्म मतदान हुने


आर्थिकन्यूज

प्यूठान, मंसिर २१ । प्युठानको झिमरुक गाउँपालिका– ३ ओखरकोट आहालखोलास्थित प्रभात मावि मतदान केन्द्रमा अझै पनि मतदान प्रक्रिया जारी छ ।

मतदानमा अधिकृतको हस्ताक्षरबिना नै मतपत्र गर्न दिइएको भन्दै विवाद चुलिएपछि करिव तीन घण्टा मतदान रोकिएको थियो । सात बजेभित्रै मतदान सकिने भएपनि विवाद बढेपछि समय लम्बिएको हो ।
प्रमुख जिल्ला अधिकारी डा.कृष्ण बहादुर घिमिरेका अनुसार उक्त केन्द्रमा १० बजेसम्म मतदान हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया