गोरखा २ मा बाबुरामभन्दा नारायणकाजी अघि, १ मा पनि माके कै उम्मेदवारको अग्रता


आर्थिकन्यूज

गोरखा, मंसिर २१ । गोरखा क्षेत्र नम्बर २ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ ।

साँझ सार्वजनिक गरिएको पहिलो मत परिणाम अनुसार माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ३१३ मत गन्दा १६५ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नयाँ शक्ति नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले १३२ मत ल्याएका छन् ।

त्यस्तै, गोरखा क्षेत्र नम्बर १ मा पनि नेकपा माओवादी केन्द्रका उम्मेदवार हरि अधिकारीले अग्रता लिएका छन् । ८०३ मत गन्दा उनले ३५१ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका चीनकाजी श्रेष्ठले ३३० मत पाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया