पाँचथरमा मतगणना शुरु


रासस

पाँचथर, मंसिर २१ । पहिलो चरणअन्तर्गत यही मंसिर १० गते भएको निर्वाचनपछि आज साँझ ५ बजेदेखि मतगणना शुरु भएको छ ।

सदरमुकाम फिदिमस्थित जिससको सभाकक्षमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिले दुई ठाउँमा मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिनुभयो । जिल्लामा एक लाख २५ हजार २१९ मतदाता रहेकामा ७७ हजार ८०३ मत खसेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया