३२ जिल्लामध्ये केहि जिल्ला मत गणना शुरु


आर्थिकन्युज

काठमाडौं, मंसिर २१ । पहिलो चरण अन्तरगत प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन भएको भोजपरमा जिल्लामा बिहीबार साँझ ५ बजेदेखि मतगणना सुरु भएको छ ।

भोजपुर सदरमुकामस्थित जिल्ला अदालतको ३ वटा कोठामा मतगणना सुरु भएको हो । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गणना गरिने कोठा तथा आसपासका क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ ।

त्यस्तैगरि सिन्धुपाल्चोकमा मतगणना शुरु भएको छ । कालिकोट, मुस्ताङ र मनाङ, गोरखा, भोजपुर, जाजरकोटमा मतगणना सुरु भएको छ ।

जाजरकोटमा प्रतिनिधिसभा सदस्यतर्फ वाम गठबन्धनबाट माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत र कांग्रेसका राजीवबिक्रम शाहवीच प्रतिस्पर्धामा रहेका छन् ।

त्यस्तै, हुम्लामा पनि हुम्लामा पनि मतगणना सुरु भईसकेको छ । हुम्ला जिल्लाका मुख्य निर्वाचन अधिकारी मोदिनी पौडेलका अनुसार साँझ ५ बजेदेखि नै मतगणना सुरु भईसको बताएका छन् ।

बैतडी र बाजुरामा मतगणना कार्य शुरु भएको सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतका कार्यालयहरुबाट जानकारी दिएको छ  ।

धेरैको चासोको विषय बनेको ओखलढुंगा जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । प्रतिनिधि सभाको पहिलो चरणमा भएको निर्वाचनको ११ दिन पछि सुरु भएको मत गणनामा जनताले काँग्रेसका उम्मेदवार रामहरि खतिवडा र एमाले उम्मेदवार यज्ञराज सुनुवारको जनमतको फैसला गर्दैछ  ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया