दुईतिहाइ मत आउनेमा ओली ढुक्क देखिए


आर्थिकन्यूज

काठमाडौं, मंसिर २१ । निर्वाचन भइरहदा विभिन्न स्थानमा भएका बिष्पोटनका घटना प्रति इंगित गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसको सूचना सरकारसँग नभएको आरोप लगाएका छन् । ओलीले भने ‘सरकारले निर्वाचन सार्न अनेक प्रयासहरु गर्यो, मतपत्र छपाइलाई लिएर सर्वोच्चो अदालतमा मुद्दा हाल्ने काम सरकारले गर्यो,अहिले आएर  निवार्चनको बेला भएका बिष्पोटनका घटनाको बारेमा समेत स्पष्ट पार्दैन ।’

मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले नेपालको आर्थिक समृद्धिका लागि अब नयाँ ढोका खोलेको समेत बताए । उनले नयाँ संविधानमा विकास र स्थायीत्वको निम्ति आधारहरु निर्माण गरेको हुनाले यो निर्वाचन ती आधारहरुलाई पूर्णता दिन महत्वपूर्ण खुड्किलो भएको उल्लेख गरे ।

उनले एमाले एक्लैको बहुमत हुँदाहुँदै अन्य दलहरुसँगको चुनावी तालमेल दुईतिहाईको लागि भएको पुनःदोर्याए ।

आफ्नो उम्मेदवारी झापा ५ मा रहे पनि मतदान भने भक्तपुरको सूर्यविनायक–२, बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया