निर्वाचनको बेला सुनसान काठमाडौं (फोटोमा)


आर्थिकन्यूज
निर्वाचनको बेला सुनसान काठमाडौं (फोटोमा)

काठमाडौं, मंसिर २१ । निर्वाचनलाई लक्षित गरेर सरकारले यातायात सञ्चालनमा रोक लगायपछि काठमाडौं उपत्यकाका सडक र बजारसमेत सुनसान देखिएको छ । अरुवेला सधैभरी भीडभाड देखिने राजधानी लगायत दोस्रो चरणमा निर्वाचन हुने जिल्लाका सडकहरु बिहीबार सुनसान देखिएका छन् ।

सरकारले निर्वाचन हुने जिल्लामा अत्यावाश्यक सवारीबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाएपछि ति जिल्लाका सडकहरु सुनासान भएका हुन् । निर्वाचनको दिन काठमाडौं उपत्यकामा कुनै पनि सार्वजनिक सवारीका साधन चलेका छैनन् । सडक पूर्णरुपमा सुनसान छ । त्यस्तै सधै जस्तो व्यस्थ रहने व्यापारिक केन्द्रहरु न्यूरोड, दरवारमार्ग, ठमेल पनि सुनसान छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया