कलाकारको मतदानमा उत्साहजनक सहभागिता (फोटोमा)


आर्थिकन्यूज

काठमाडौं, मंसिर २१ । बिहिबार भएको दोस्रो चरणको प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा कलाकारले विभिन्न मतदान केन्द्रबाट आफ्नो भोट खसालेका छन् । कलाकार हरिबंश आचार्य, मिथिला शर्मा, रेखा थापा, सञ्चिता लुईंटेललगायतका कलाकारले काठमाडौंबाट मतदान गरेका छन् ।

कलाकारको मतदानमा उत्साहजनक सहभागिता (फोटोमा)

 

निर्मल शर्मा, जितु नेपाल, मदनकृष्ण श्रेष्ठले पनि भोट                                                                               हाकलाकारको मतदानमा उत्साहजनक सहभागिता (फोटोमा)लेका छन् भने धेरै जसो कलाकारहरुले आफूले मत हाल्न नपाएको गुनासो आफ्ना सामाजिक सञ्जाल मार्फत जाहेर गरेका छन् ।
महानायक राजेश हमालले पनि यस पटक भोट हाल्न पाएनन् । यसबेला उनी भारतमा रहेको कारण भोट हाल्नबाट बन्चित भए ।
हास्यकलाकारद्धय सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरेले समय अभावका कारण मतदान गर्न पाएनन् । प्रियंका कार्की, अनुप विक्रम शाही, मिलन चाम्स लगायतका कलाकारहरुले यस पटक भोट हाल्न पाएनन् ।


यस्तै फिल्म शत्रुगतेको छायांकनमा व्यस्त रहेकी निर्देशक दिपा श्री निरौलाले पनि यस पटक भोट हाल्न पाएनन् । उनी हाल काठमाडौंमा रहेको र उनको मताधिकार विराटनगरमा रहेको कारण मत हाल्न बाट बञ्चित रहेको उल्लेख गरेकी छिन् ।

यस्तै काम विशेषले भोट नहाल्ने अन्य कलाकारहरुमा अनमोल केसी, निखील उप्रेती, भुमिका गिरी, माण्डबी त्रिपाठी, ओम प्रतिक गुरुङ लगायत रहेका छन् ।

 

 

कलाकारको मतदानमा उत्साहजनक सहभागिता (फोटोमा)

कलाकारको मतदानमा उत्साहजनक सहभागिता (फोटोमा)

फेसबुकबाट तपाईको प्रतिक्रिया