ललितपुरमा ४० प्रतिशत मत खस्यो


आर्थिक न्युज
उद्यमी व्यवसायिको मतदानमा उत्साहजनक सहभागिता (फोटोमा)

ललितपुर,मंसिर २१ । ललितपुरमा २ बजेसम्ममा ४० प्रतिशत मत खसेको ललितपुरका निर्वाचन अधिकृत बालमुमुन्द दवाडीले जानकारी दिएका छन् ।

ललितपुरमा सबैभन्दा बढी महेन्द्र आदर्श उच्च मावि मतदान केन्द्रमा ५३ प्रतिशत मत खसेको उनले जानकारी दिए ।
त्यस्तैगरि इन्टरनेसनल बौद्ध चुकी केन्द्रमा ३० प्रतिशत,महाविर केन्द्रमा ३५ प्रतिशत,आदर्श कन्या निकेतन केन्द्रमा ३० प्रतिशत,कृष्णमन्दिर पाटन केन्द्रमा ४० प्रतिशत,तननी मतदान केन्द्रमा २५ प्रतिशत र दूरसञ्चार मतदान केन्द्रमा १३ सय मतदातामा ८ सय जनाले मत हालिसकेको निर्वाचन अधिकृत दवाडीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया