यी हुन् गगन थापालाई लक्षित गरि बम विस्फोट गराउनेहरु


आर्थिकन्यूज

काठमाडौं, मंसिर २१ । नेपाली कांग्रेसका युवा उम्मेदवार गगन थापालाई लक्षित गरी बम विस्फोट गराएको आरोपमा विप्लव समूहका ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २४ वर्षीय रवि गोले, २४ वर्षीय सम्पूर्ण मुक्ति भनिने विचारमान तामाङ, ३० वर्षीय महेष नेपाली, ४८ वर्षीय विगेश लामा, ३२ वर्षीय राजिव तामाङ र ३० वर्षीय रोशन विष्ट छन् ।

पक्राउ परेकाहरुको साथबाट चिनियाँ पेस्तोलसहित चार वटा बम समेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार राजधानीमा भएका विष्फोटहरुमा गोलेकै समूहको संलग्नता रहेको खुलेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया