प्रकाशमान र रविन्द्रले दिए एक अर्कालाई जितको शुभकामना


आर्थिक न्युज

काठमाडौं, मंसिर २१ । काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका रविन्द्र मिश्रले एक अर्कालाई जितको शुभकामना दिएका छन् ।

सिंह र मिश्रबीच काठमाडौं महानगरको वडा नम्बर ११ को दुरसञ्चार मतदान केन्द्रमा भेटे भएका थिए । शुभकामना आदनप्रदान गर्दै दुबैले सामुहिक तस्बिर समेत खिचेका थिए ।

विवेकशील साझाका संयोजक मिश्रले ललितपुर २ बाट मतदान गरेका छन् भने कांग्रेस सिंहले काठमाडौं ७ बाट मतदान गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया