गगन थापालाई बम हान्ने पेस्तोलसहित पक्राउ


आर्थिकन्यूज

काठमाडौं, मंसिर २१ । नेपाली कांग्रेसका उम्मेदार गगन थापालाई लक्षित गरी सोमबार बम आक्रमण गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको विशेष ब्युरोले बिहीबार तीन ठाउँमा छापा मारी नेकपा युवा दस्ता इन्चार्ज रवि गोलेसहित छ जनालाई पक्राउ गरेको र उनीहरुको साथबाट चाइनिज पेस्तोल र चार वटा बमसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया