बुथ क्याप्चर गर्न खोजेको आरोपमा कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप


आर्थिकन्यूज
बुथ क्याप्चर गर्न खोजेको आरोपमा कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप

काठमाडौं, मंसिर २१ । बुथ क्याप्चर गर्न खोजेको आरोपमा कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । अछामको साँफेबगर नगरपालिका वडा १३ को राष्ट्रिय माविमा रहेको मतदान केन्द्रमा वाम गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि भएको झडप भएको प्रहरीले जनाएको छ ।

झडपमा कांग्रेस नेता एवं अधिवक्ता विक्रमबहादुर कुवँर घाइते भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया