कहिले आउँछ निर्वाचनको मतपरिणम ?


आर्थिकन्यूज

काठमाडौं, मंसिर १९ । निर्वाचन आयोगले प्रत्यक्ष तर्फको ४ दिनभित्र र समानुपातिक तर्फको ८ दिनभित्र मतपरिणाम सार्वजनिक गर्ने घोषणा गरेको छ । मंगलबार निर्वाचन आयोगमा भएको पत्रकार सम्मेलनमा आयुक्त ईश्वरी न्यौपानेले छिटै मतपरिणाम सार्वजनिक हुने बताए ।

आयुक्त न्यौपानेले प्रत्यक्षतर्फ पहिला मत गणना हुने र सम्भव भएमात्र समानुपातिक मत गणनसँगै गर्ने तयारीमा आयोग रहेको बताए । ‘अहिलेसम्म हामी प्रतिनिधि सभा र प्रदेशको प्रत्यक्ष गणना गर्ने अनि समानुपातिकको गणना गर्ने पक्षमा छौ’, आयुक्त न्यौपानेले भने, ‘२१ गते ५ बजेपछि पहिलो चरणमा भएको मतदानको गणना शुरू गरिने छ ।’

दोस्रो चरणको मत गणना भने मतपेटिकाहरु जिल्ला निर्वाचन कार्यलयमा संकलन भएपछि सर्वदलीय बैठक राखेर सुरु गरिने उनले बताए । मत गणनालाई छिटो गर्न आवश्यक कर्मचारीको व्यवस्था मिलाएको र एक साताभित्र सबै जिल्लाको परिणाम आउने उनले दाबी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया