राति १२ बजेदेखि सीमा नाका बन्द


रासस

नेपालगन्ज, मंसिर १८ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँके जिल्लाको नेपाल–भारत सीमा नाका आज राति १२ बजेदेखि बन्द हुने भएको छ ।

दुई मुलुकका सीमा सुरक्षा पदाधिकारीको बैठकमा गरिएको सहमतिअनुसार मंसिर २१ गतेसम्म जिल्लासँग जोडिएका सबै सीमा क्षेत्र बन्द गरिने प्रजिअ रमेशकुमार केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्यस अवधिभर जिल्लाका राधापुरदेखि सुइया बघौडासम्मको ६५ किमी क्षेत्रअन्तर्गतका सबै साना र ठूला सीमा क्षेत्रबाट सवारी साधन र पैदलयात्रीको आवागमनमा समेत बन्देज लगाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया